Logo

मोटरसाइकल स्कटिङ गरी निर्माण व्यवसायी अपहरण गर्ने पक्राउ



कास्की, २६ भदौ । मोटरसाइकल स्कटिङ गरी निर्माण व्यवसायी अपहरण गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका १५ बस्ने गौतम थापा, सोही महानगरपालिका २ अर्चलबोट बस्ने रोहीत सुनार, सोही महानगरपालिका ८ बस्ने बासुदेब पोखरेल र सोही महानगरपालिका १० बस्ने प्रेम बहादुर थापा रहेका छन् ।

पोखरा महानगरपालिका ६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका ९ शान्तिवनबाट चार जनालाई २५ भदौको बिहान प्रहरीले पक्राउ गरेको हो । अपहरणमा प्रयोग गरिएका सवारी साधनहरु सहित प्रहरीले पक्राउ गरेको छ ।

निर्माण व्यवसायीलाई सोही महानगरपालिका ९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेकोे सूचना आधारमा जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्