Logo

रवि लामिछानेरिहाई विरुद्धको निवेदनमाथिको सुनुवाई स्थगित, असोज २ मा हुने



काठमाडौं, भदौ २६ । शालिग्राम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा धरौटीमा रिहा भएका रवि लामिछानेलाई र्पुपक्षका लागि थुनामा राख्ने निवेदनमाथिको सुनुवाई बिहिबार पनि स्थगित भएको छ । लामिछाने पक्षका वकिल शुसिलकुमार पन्त विदेश जानुपर्ने कारण सुनुवाई स्थगित गरिएको हो ।

स्थगित सुनुवाई असोर २ गतेका लागि तोकिएको छ । उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासले पेशी स्थगित गरी सारेको हो ।

चर्चित टेलिभिजन प्रस्तोतासहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता भन्ने रुकु कार्की धरौटी र विना धरौटी रिहा भएपनि सरकार वकिलको कार्यालयले पुर्पक्षका लागि थुनामा राख्नका लागि उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्या दायर गरेको थियो । आजको लागि तोकिएको सुनुवाई स्थगित भएपछि अब हुने सनुवाईपछि निवेदनको टुंगो लाग्न सक्छ । तर, विभिन्न परिस्थितिमा सुनुवाई स्थगित हुने व्यवस्था भएकाले निवेदनको टुंगो लाग्न समय लाग्न सक्ने देखिएको छ ।

लामिछानेसहित कँडेल र कार्कीलाई पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरी दुरुत्साहनको मुद्या दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्