Logo

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ



कञ्चनपुर, २६ भदौ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलौरी नगरपालिका ४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरूङ रहेका छन् ।

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुरूङलाई २५ भदौको साँझ प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई २४ भदौको दिउँसो आफ्नै घरको कोठामा लगेर धम्की दिई जबरजस्ती करणी गरेको खबर पश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्