Logo

“छिछोरे” को कमाई कति



अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ ले चार दिनमा ४४ करोड ८ लाखको कमाई गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन ७ करोड ३२ लाख, दोस्रो दिन १२ करोड २५ लाख, तेस्रो दिन १६ करोड ४१ लाख र चौथो दिन घरेलु बजारमा ८ करोड १० लाख कमाएको हो ।

फिल्म “छिछोरे”ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रशंसा पाएको छ । फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले “दंगल” निर्देशक नितेश तिवारी निर्देशित फिल्म “छिछोरे” को कमाई बारे ट्वीट गर्दै जानकारी दिएका हुन् ।

श्रद्धा कपूर, सुशान्त सिंह राजपूत र वरुण ग्रोवर स्टारर यो फिल्ममा कलेजका साथीहरुको प्रेम, रिस, ह्यूमर, दुःख र मोजमस्ती सबै कथा देखाइएको छ । फिल्ममा प्रतीक बब्बर, ताहिर राज भसीन, नवीन पोलीशेट्टी र नलनीश नीलको प्रमुख भूमिका रहेको छ । ‘छिछोरे’ को व्यापारिक रफ्तार हेर्दा यसले दोस्रो हप्ताभित्र सय करोडकोे आँकडा पार गर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्