Logo

१५ बर्षीय किशोरीलाई बलात्कारको प्रयास गर्ने दुई युवक पक्राउ



मोरङ, २६ भदौ । बसमा यात्रा गरिरहेकी किशोरीमाथि बलतकारको प्रयास गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रङ्गेली नगरपालिका–३ का किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का सन्तोष न्यौपाने रहेका छन् । उनीहरुले गत भदौ २२ गते बसमा यात्रा गरिरहेकी १५ बर्षीय किशोरीलाई बलात्कारको प्रयास गरेका थिए । उनीहरुलाई  २५ भदौको दिउँसो पक्राउ गरेको हो

खड्का बस चालक र न्यौपाने बसका सहचालक हुन । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना ६ ख ९३४४ नं को बस चढेकी किशोरी झापा दमकमा उत्रन लागेको बेला उनीहरुले बस घुमाएर मोरङको रङ्गेली नगरपालिका– ९मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेका हुन् ।
बलात्कार प्रयास गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीले पठाईएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले  बताएको छ ।



प्रतिक्रिया दिनुहोस्