Logo

प्रेमिकाको हत्या गर्ने पक्राउ



मोरङ, २५ भदौ । महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका ६ दामुनाका पुण्य चुँडाल रहेका छन् । उनलाई प्रहरीले २५ भदौमा पक्राउ गरेको हो । चुँडाले गत भदौ २१ गते आफुसंगै बस्दै आएकी  सिर्जना भनेर बोलाउने आफ्नै प्रेमीकालाई कुटपिट पछि छोडेर हिडेको र उनको उपचारका क्रममा भदौ २२ गते कोशी अञ्चल अस्पतालमा मृत्यु भएको थियो । महिलाको मृत्युभएपछि प्रहरीले चुँडाललाई खोजी गरिरहेको थियो ।

कुटपिट पछि रतुवामाई नगरपालिका ६ का हरिबहादुर खड्काको गाई गोठमा महिलालाई छोडेर चुँडाल भागेका थिए ।

शरिरका विभिन्न भागमा चोट लागेकी महिलाको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरीले कोशी अञ्चल अस्पताल ल्याएको मोरङ प्रहरीले जनाएको छ ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विगत एक महिना यता रतुवामाई नगरपालिका– ६ मा बस्दै आएको मोरङ प्रहरीले जनाएको छ ।

शवको परीक्षण कोशी अञ्चल अस्पतालमै गरिएपनि जिम्मा लिने कोही नभएका कारण शव गृहमा राखिएको प्रहरीको भनाइ छ ।

चुँडाललाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्