Logo

काठ तस्करी गर्नेमाथि खुकुरी प्रहार



झापा, २६ भदौ । काठ तस्करी गर्नेमाथि खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका २ स्थित धनुषकोटी बस्ने धन बहादुर राई रहेका छन् । उनले सोही ठाउँ बस्ने डम्बर बहादुर राई समेत तीन जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा राईलाई २५ भदौको साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा ईलामबाट काठ तस्करी गरी ल्याउँदै गरेको सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिले थाहा पाई गस्ती गर्दै जाँदा तस्करहरुले तीन जनालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

घाईते बनाएको खबर पश्चात ईलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले १०र१२ क्यु फिट काठ सहित खुकुरी प्रहार गर्ने मध्येका धनबहादुरलाई पक्राउ गरेको हो । घाइतेहरूको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्