Logo

बलिउडका अली फैजल र हलिउडका वंडर वूमनको मिल्यो जोडी



बलिउड एक्टर अली फैजल र हलिउड वंडर वूमन गैल गैडटलाई “डेथ अन द नाइल” फिल्ममा एक साथ देखिने भएको छ । केनेथ ब्रानाघ निर्देशित यो फिल्म अगाथ क्रिस्टीको “डेथ अन द नाइल” उपन्यासमा आधारित हुनेछ ।

यो फिल्म स्टुडियो ओरिएन्ट एक्सप्रेस २०१७ ब्लकबस्टर मर्डरको अनुवर्ती हो । अलीले हलिउडमा “फ्यूरियस ७” र पीरियड ड्रामा “भिक्टोरिया एण्ड अब्दुल” जस्ता फिल्महरुसहित आफ्नो नाम कमाएका छन्  ।

३२ वर्षीय नायक अलीले आफु र आफ्नी आमा अगाथ क्रिस्टीको उपन्यासको फ्यान भएको जनाएका छन् । यस फिल्ममा इजिप्टमा पोइरोटको छुट्टीको घटनाक्रमलाई वर्णन गरिएको छ । जहाँ उनले नाइल नदीको किनारमा मृत्युको कारण पत्ता लगाउँछन् । यो फिल्मको सुटिङ्ग यस महिनाको अन्त्यदेखि सुरुवात हुनेछ । फिल्मको लागि लन्डन र युरोपको केहि भागहरुमा सुटिङ्ग हुनेछ ।



प्रतिक्रिया दिनुहोस्