Logo

क्रिकेटर विराटको धोनीसँग अविस्मरणीय पल



भारतीय क्रिकेटर विराट कोहलीले आफ्नो सहमित्र तथा कप्तान महेन्द्र सिंह धोनी (एम.एस धोनी) सँग मैदानका ती अविस्मरणीय पलहरु सम्झिएका छन् । अस्ट्रेलिया विरुद्धको खेलामा धोनीले आफुलाई दौडाएको सम्झदै त्यो पल आफूलाई फिट्नेस टेस्ट दिएको अनुभव भएको कुरा विराटले सामाजिक सञ्जालमा तस्विर पोष्ट गरेर व्यक्त गरेको हो । उनले पोष्टमा त्यो खेललाई कहिले नबिर्सिने उल्लेख गरेका छन् ।

 

उक्त खेल भारत र अस्ट्रेलियाबीच टी २० विश्व कप क्वाटर फाइनलमा भएको थियो । त्यो खेलमा भारतले १६१ रनको लक्ष्य पुर्याउन संघर्ष गरिरहेको थियो । युवराज सिंहले विकेटका बीच दौड्न संघर्ष गरिरहेको थियो । खेलमा विराटले राम्रो भुमिका खेलेका थिए । १४ औं ओवरमा धोनीको प्रवेश भएपछि उनीहरुको जोडीले दौडमा निकै संघर्ष गरेका थिए । त्यही पललाई सम्झदै विराटले फेसबुकमा पोष्ट गरेका हुन् ।

विराट विश्को फिट क्रिकेटरमध्ये एक हुन् । कोहलीको रूपान्तरणले भारतीय क्रिकेटरहरूलाई फिटनेसलाई गम्भीरताका साथ लिन प्रेरित गर्यो र यो–यो फिटनेस टेस्ट पनि गरायो । भारतीय कप्तानको फिटनेस यात्रा २०१२ मा शुरू भएको थियो । Photo Source: Virat Kohli Facebook



प्रतिक्रिया दिनुहोस्