Logo

सुनको मूल्य लगातार ओरालो लाग्दै



काठमाडौं,२६ भदौ । गत दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो समयमा लगातार ओरालो लाग्दै गएको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि लगातार ओरालो लाग्दै गएको छ । शनिबार प्रतितोला ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला  ५०० ले घटेर  ७१ हजार ५०० पुगेको थियो । मङ्गलबार सुनको मूल्य घटेर ७१ हजार पुगेको थियो भने । बुधबार सुनको मूल्य स्थिर रह्यो थियो ।

२६ भदौमा भने सुनको मूल्यमा पुन प्रतितोला २०० ले गिरावट भई छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्यमा पनि २०० ले गिरावट आउको छ । तेजाबी सुनको मूल्य ७० हजार ५०० निर्धारण गरिएको महासङ्घले बताएको छ । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । २५ भदौमा प्रतितोला ८८० मा कारोवार भएको चाँदीको मूल्य पाँचले घटेर ८७५ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर रहेको छ । केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० डलरसम्म पुगेको थियो । विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासङ्घको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्