Logo

साम्राज्ञीको ‘रातो टीका निधारमा’ को अफिसियल पोस्टर



नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको नयाँ चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । चलचित्र अशोक शर्माले निर्देशन गरेका छन् । दशैंलाई लक्षित गरेर चलचित्र रिलिज गरिने भएको छ । चलचित्रको शिर्ष गीत यसै ३ असोजमा सार्वजनिक गरिदैछ । चलचित्र “अल्लारे” को सुपरहिट गीत “रातो टिका निधारमा” लाई रिमिक्स भर्सनमा ढालिएको छ ।

 

चलचित्रको पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालगायत रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी कलाकारलाई देखाइएको छ ।

 

किरण शर्मा र कृति शर्माको लगानी रहेको चलचित्रलाई ए.ए ग्रुप अफ कम्पनीजले निर्माण गरेको छ । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहेको छ । चलचित्र “रातो टिका निधारमा” १० असोज बाट देशैभर प्रदर्शनमा आउँदै छ ।



प्रतिक्रिया दिनुहोस्