Logo

रोबोटबाट चल्ने रुसको अन्तरिक्ष यान



रुसले आफ्नो अन्तरिक्ष यानलाइ चलाउन रोबोटको सहायता लिने भएको छ । यसको मान्यता रुसी सरकारले दिएको छ । अघिलो पुस्ताका निर्माण हुने अन्तरिक्षयानहरुलाई चलाउनको लागि रोबोटहरुलाई मान्यता दिएको छ । उक्त रोबोटहरुले परिक्षण गरेर अन्तरिक्ष सम्म पुर्याउने र अवलोकन गर्ने जनाइएको छ ।
रोबोटहरुलाई विभिन्न किसिमको परिक्षण गरे संचालनमा ल्याउने निर्णय गरिएको छ ।

फेदस्त्रिया नामक रहेको यानलाई निरिक्षण गरी चलाउने उल्लेख गरिएको छ । रोबोटहरु यस यानको परिक्षण गर्ने पहिलो रोबोतिया प्रणाली हुने छ । यदि सबै कुरा सफलता पुर्बक रहे मा उक्त रोबोटहरु २०२२ सम्म संचालनमा आउने बताएका छन् ।

यानको पहिलो र दोश्रो चरणको प्रसिक्षण रोबोटले गर्ने उक्त रोबोटको सफलता भएमा यसले मंगल र चन्द्रमा पनि जान सक्ने अनुमान छ । यसले सो क्षेत्रमा निकै ठूलो रुपान्तरण गर्न सक्ने अनुमान छ । फेदस्त्रिया नामक यान इनर्जी स्पेस ऐर क्राफ्ट कर्पोरेशनले बनाएको हो । उक्त स्पेस क्राफ्ट मानिस र कार्गोलाइ पृथ्वी कक्षको नजिक र स्पेसमा लैजानको लागि निर्माण गरिएको छ । उक्त क्राफ्टले करिब चार जना मानिसलै बोक्न सक्ने र कम्तिमा ३० दिन सम्म स्वचालित हुनेछ ।
ओरेलको पहिलो अप्रत्याशित प्रक्षेपण २०२३ को लागि निर्धारित गरिएको छ ।

रूसको सुदूर पूर्वको भोस्टोचिनी अन्तरिक्ष केन्द्रबाट यसले उडान भर्ने बताएको छ । आइ एस एस को साथ कुनै डक गर्ने योजना नरहेको र दोस्रो प्रक्षेपणको क्रममा, २०२४ मा, अन्तरिक्ष यानले कक्षीय चौकीको साथ डक गर्नेछ । म्यान्डेड ओरल मिसनहरू २०२५ मा सुरू हुने बताइएको छ ।- एजेन्सी Photo Source: Wikipedia



प्रतिक्रिया दिनुहोस्