Logo

नम्रताको जाइरा असफल



अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एक्सन अवतरमा चलचित्र “जाइरा” मा प्रस्तुत भएकी थिइन् । उनको नयाँ अवतरलाई हेर्न दर्शक अभाव नहुने अपेक्ष राखीएको थियो । तर, चलचित्रले निराशाजनक व्यापार गरेको छ ।

चलचित्र “जाइरा”मा नम्रता मार्शल आर्ट खेलाडीको भुमिकामा प्रस्तुत भएकी थिइन् । उनले चलचित्रमा आत्मसात् गर्न ८ महिना लामो मार्शल आर्टको तालिम लिनुका साथै आफ्नो राम्रो सिल्की कपाल मुण्डन गराएकी थिइन् । निर्मातालाई आर्थिक संकटका कारण नम्रता आफै निर्मात्री बनेकी थिइन् । फिल्म कमजोर भएको कारण उनको मेहनतले रंग लिन पाएन ।

चलचित्र “प्रसाद” बाट वाहवाही बटुलेकी नम्रतालाई ‘जाइरा’ को असफलताले ठूलो धक्का दिएको छ । लभर गर्लकोे भूमिकामा सर्वाधिक रुचाइएकी नम्रता मा एक्सन अवतारमा प्रस्तुत हुँदा सोचे जस्तो सफल हुन सकिनन् ।

अहिले नेपाली फिल्मले चलचित्र “जात्रै जात्रा” पछि खासै नाफाको व्यापार गर्न सकेको छैन । हरेक हप्ता हलमा नयाँ चलचित्र प्रदर्शनमा आउने गरेको छ तर चलचित्रको व्यापार जस्ताको त्यस्तै छ । फिल्मकर्मीहरु आश गरिएका फिल्मले समेत निराशाजनक व्यापार गर्दा चिन्तित छन् ।



प्रतिक्रिया दिनुहोस्