Logo

के भूत छ ?



भूतहरुको कथा हामीले सुन्दै आएको छौ । अलौकिक प्राणीहरुबाट निस्केको आत्मालाई भूत भनिएको छ । आफ्नो मृत्यु अघि कुनै इच्छा पूरा गर्न नसक्ने र पुनर्जन्मको लागि स्वर्ग वा नरकमा जान सक्दैन भने भूत बन्ने विश्वास छ । यो मृत्युको कारणले हुन सक्छ वा मृतकको जीवनमा अनिश्चित अवस्थामा वा तिनीहरूको अन्त्येष्टि उचित संस्कारले नहुदा सो उत्पन्न हुने बताउछन ।

भूतप्रतिको विश्वासले सम्पूर्ण पुस्तालाई धेरै पुस्तासम्म गहिरो जरा गाडेका देखिन्छ र यो अझै पनि आधुनिक प्रविधि र वैज्ञानिक विकासको युगमा रहेको छ। थुप्रै कथित भूत संक्रमित स्थानहरू छन जस्तै जीर्ण भवनहरू, शाही घरहरू, किल्लाहरू, बंगलाहरू, घाटहरू आदि।तिनीहरू मुहावराहरूको रूपमा पनि प्रयोग गरिन्छ।

जनविश्वासको आधारमा र काल्पनिक साहित्यको धारमा मृत पशु वा अन्य जन्तु फेरि उत्पन्न भई द्रष्टिमा पार्न सक्नु या अन्य कुनै माध्यमबाट आफ्नो उत्पत्तिको प्रभाव पार्न सक्नुलाई भूत भनिन्छ ।

भ्रामिक बयान अनुसार भूत अदृश्य भई वा जीवित हुदाँको भन्दा बेग्लै आकृती वा जीवत जस्तै स्वरुप भएको हुने गर्छ । मृत आत्मासँग सम्बोपर्लाक वा बोलाउन खोज्नुलाइ नेक्रोम्यानसी वा स्पिर्टिजम वा सियान्स भनिन्छ । मृतको उत्पन्न हुने विश्वास प्रसिद्ध छ । जसका आधारमा एनिमिजम वा पुर्खाको पुजा गर्नु रहेको छ । केही धार्मिक कार्य मृत व्यक्तिको काज क्रिया वा अन्य कुनै धार्मिक प्रयोग मृत व्यक्तिको आत्मालाई शान्ति दिलाउनुमै रहेको छ । प्राय भूत वा प्रेत र आत्माहरु एक्लो हुने र आफू जीवत हुदाँको ठाउँ ,जीवित हुदाँ प्रयोग गर्ने सरसामान, वा जीवित हुदाँ नजिक रहेका व्यक्तिहरुसँग सम्पर्क राख्न खोज्ने बताइन्छ तर ट्रेन,सीप जस्ता सवारी साधन र जन्तुसँग समेत नजिकिन खोजेका कथाहरु प्रचलित छ ।

परम्परागत भनाई अनुसार कुनै मृत व्यक्तिको आत्मानै भूत हुन्छ। भूत साधारणतया कुनै मृत व्यक्तिको आत्मा हो भन्ने गरिन्छ. तर सबै आत्मा भुत हुँदैनन् । भूत भन्नाले ति आात्मा बुझिन्छन् जसको क्रियाक्रम पूरा नभएको, अस्वभाविक मृत्यु भएको, अस्वभाविक भन्नुको अर्थ अल्पायुमै मर्नु, भीर बाट लडेर मर्नु जस्ता भयानक कष्ट भोगी मरेकाहरूको आत्मा मात्रै भूत बन्छ भन्ने विश्वास गरिन्छ  कतिपय मान्छे भूतमा विश्वास गर्छन् त कतिले भूत हुने कुरा पटक्कै मान्दैनन्  । उनिहरू भन्छन- यो खालि दृष्टिभ्रम र मानसिक डर मात्र हो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्