Logo

फोक्सोको रोगको उपचार बिधि



एक प्रकारको अवरोधक फोक्सो रोग हो जसको मुख्य लक्षण भनेको दीर्घकालीक रूपमा कमजोर श्वासप्रश्वास प्रवाह गर्नु हो । यो समयसँगै बिग्रँदै जाने अबरोध हो । मुख्य लक्षणहरूमा स्वाँस्वाँ हुने, खोकी, र खकार निस्कने। दीर्घकालीन ब्रोन्काइटिस भएका धेरैजसो मानिसहरूलाई सी ओ पी डी हुने गर्छ।

सी ओ पी डी को सबैभन्दा सामान्य कारण भनेको धुम्रपान हो र वायु प्रदूषण र वंशाणुगत गुणहरू जस्ता केही अन्य तत्वहरूले पनि यसमा केही योगदान र्पूयाउँछ। विकासोन्मुख क्षेत्रहरूमा, वायु प्रदूषणको सबैभन्दा सामान्य कारण भनेको धूवाँको निकासको लागि राम्ररी व्यवस्था नमिलाईएको खाना पकाउने र तातो बनाउने आगोको स्रोत हो। उत्तेजक तत्वहरूको सम्पर्कमा लामो समयसम्म रहनाले फोक्सोमा सुन्निने र जलन हुने हुन्छ र परिणाम स्वरूप साना श्वासमार्गहरू साँगुरिन्छन् र फोक्सोको इम्फिसेमा नामक तन्तुहरूमा विकार पैदा गर्दै जान्छ । फोक्सो कार्यात्मकता परीक्षणहरूद्वारा मापन गर्दा देखिने खराब श्वास प्रवाहको आधारमा यो रोगको निदान गरिन्छ। दममा भन्दा ठीक विपरीत, यस रोगमा औषधी सेवन पश्चात श्वास प्रवाहमा आएको कमीमा उल्लेखनीय ढङ्गले सुधार आउँदैन।

लक्षणहरू

सी ओ पी डी को सबैभन्दा सामान्य लक्षणहरूमा खकार निस्कने, स्वाँस्वाँ गर्ने र समयसँगै अझ बिग्रँदै जान्छ। यसको विभिन्न प्रकारहरू छन् कि छैनन् भने कुरा अझै स्पष्ट भएको छैन।यसलाई पहिले इम्फिसेमा र ब्रोनकाइटिसमा विभाजित गरिएको भए पनि इम्फिसेमा आफैमा रोग नभएर केवल फोक्सोमा हुने परिवर्तनहरूको मात्र हो र दीर्घकालीन ब्रोन्काइटिस केवल लक्षणहरूको एउटा शब्द रूप मात्र हो जुन सी ओ पी डी को साथमा देखा पर्न पनि सक्छ र नपर्न नि सक्छ।

खोकी
सामान्यतया सबैभन्दा पहिले देखा पर्ने लक्षण भनेको खोकी हो। जब यो दुई वर्षभन्दा बढीको लागि प्रति वर्ष तीन महिनाभन्दा बढी समयसम्म रहिरहन्छ र साथमा कुनैपनि अन्य कारण बिना खकार पनि निस्कन्छ त्यसलाई ब्रोनकाइटिस भएको भनिन्छ। यो अवस्था पूर्ण रूपमा विकसित हुनुभन्दा अघि देखा पर्न सक्छ। खकार निस्कने मात्रा घण्टा(घण्टा देखि लिएर दिनदिनै परिवर्तन हुन सक्छ। केही अवस्थाहरूमा खोकी देखा नै पर्दैन । सी ओ पी डी भएका व्यक्तिहरू “धुम्रपान गर्ने व्यक्तिलाई लाग्ने खोकी“ सँग दाँज्ने गर्छन्। मानिसहरूले खकार निल्न वा थुक्न सक्छन्, जुन कुरालाई सामाजिक र सांस्कृतिक तत्वहरू ले प्रभाव पार्छ।

स्वाँस्वाँ गर्ने
स्वाँस्वाँ गर्ने लक्षण जसले मानिसहरूलाई चिन्तित बनाउँछृ यसलाई सामान्य रूपमा यसरी वर्णन गरिएको छ “मेरो श्वास लिने कार्यलाई मद्दत चाहिन्छ,“ “मलाई श्वास नभएको महसुस हुन्छ,“ वा “म पर्याप्त सास भित्र लिन सक्दिनँ। खासगरि लामो समयसम्म कडा परिश्रम लाग्ने काम गर्दा अझ स्वाँस्वाँ हुन्छ र समयसँगै अझ बढ्दै जान्छ। विकसित चरणहरूमा यो आराम गरेको बेला पनि हुने गर्छ र सधै उपस्थित भईरहन सक्छ। सी ओ पी डी भएकाहरूमा व्याकुलता र नराम्रो जीवनस्तर, दुवैको स्रोत

रोकथाम
सी ओ पी डी को उपचार छैन तर लक्षणहरू उपचारयोग्य छन् र यसको विकासलाई विलम्बित गर्न सकिन्छ। धुम्रपान त्याग्नु , स्वास्थ्य खान पान , व्यायाम , ब्रोन्कोडिलेटर्स , कर्टिकस्टेरोइडहरू प्रयोग गर्ने, अक्सिजन, सर्जरी , प्रकोपन, वायु प्रदूषण बाट बच्ने यी सब कुराको निम्न द्यान राखेमा यसबाट केहि आराम पाउन आशा गरिन्छ ।-एजेन्सी Photo Source: Tech Explorist



प्रतिक्रिया दिनुहोस्

Screenshot