Logo

नेपालमै पहिलोपटक नेपाल मेडिसिटीमा बिना शल्यक्रिया पाठेघरको ट्युमरको उपचार



काठमाडौं, २६ भदौ । ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलोपटक पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी उपचार सुरु गरेका छन् ।

पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निश्कृय पार्ने यो पद्धतिलाई युटेराइन आर्टरी इम्बोलाइजेसन भनिन्छ ।
उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा. ओम बिजु पन्तले यस किसिमको अभ्यास नेपालमा यसअघि नभएको र पहिलो पटक सफल भएको बताए ।

सफल इम्बोलाइजेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा. राम कुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. ओम बिजु पन्त , एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराई र डा. हेमन्त अधिकारी संलग्न थिए ।

साधारणतया शल्यक्रिया गरी पाठेघर फाल्ने या ट्युमर फाल्ने गरिदै आइएकोमा इम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराइ ट्युमरलाई घटाउदै लैजाने काम गर्दछ । यो प्रक्रिया ३७ वर्षिय महिलामा गरिएको हो जसमा बहुसंख्यामा ट्युमर देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्