Logo

कोइला बोकेको पानीजहाज डुब्यो, १२ जना वेपत्ता



ढाका, बङ्गलादेश, २६ भदौ । बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा कोइला लिएर हिडेको एक मालबाहक पानी जहाज बिहीबार दुर्घटना हुँदा कम्तीमा १२ जना वेपत्ता भएका त्यहाँका अधिकारीहरूले जानकारी गराएका छन् ।

जहाज एक हजार १०० मेट्रिक टन कोइला लिएर चट्टोग्राम बन्दरगाहतर्फ गइरहेको समय चट्टोग्रामबाट ३५ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको बताइएको छ । उक्तस्थान राजधानी ढाकाबाट २४२ किलोमिटरको दूरीमा पर्छ ।

समुद्रमा एक्कासी खराबका कारण इन्जिनले जहाजलाई गन्तब्यतर्फ लाने क्रममा समस्या उत्पन्न भएको र जहाज नियन्त्रणबाहिर गई करीब १० बजे दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

प्रतिकुल मौसमका कारण जहाजमा चिरा परेपछि बिस्तारै डुबेको जहाजमा रहेका व्यक्तिहरू सबै चालक दलका सदस्य मात्र रहेको बुझिएको छ । वेपत्ताहरूको खोजी जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्