Logo

‘आँखा रसाउने’ कविता र दुई पुस्तक लोकार्पण



काठमाडौं, भदौ २६ । कवि भुवन शिवाकोटी चौघरेद्वारा लिखित प्रणयको गहिराई र नच्यातिएको आकाश नामक दुई कविता संग्रह लोकार्पण गरिएको छ । २०७६ भदौ २६ गते मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौँमा आयोजित शान्ति काव्य प्रवाहको ८३ औँ कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले दुवै पुस्तकहरु लोकार्पण गरेका हुन् ।

काव्य प्रवाहमा कवि रत्ननिधि रेग्मी शुक्राचार्यले ‘मुस्कानको आत्मकथा’ शिर्षकमा महिलामाथि भएका एसिड प्रहार, हिंसा र अत्याचार विरुद्ध कविता प्रस्तुत गर्दा सहभागिहरुका आँखा रसाएका थिए । कविताको पहिलो अंश यस्तो रहेको छ।

“मेरो आत्मकथा म भन्छु अहिले सुन्नोस् सबै सज्जन, मेरो देह समाप्त गर्दछु भनी निस्क्यो कुनै दुर्जन मेरो रुप विरुप पार्न उसले छ्यापी दियो एसिड, मुर्छामा म परे, जले, जलिरहे जल्दै छु ऐलेतक” ३१ जना कविहरुले रचना प्रस्तुत गरेको काव्य प्रवाहको सभापतित्व समाजका सभापति उत्तम पुडासैनीले गर्नुभएको थियो । काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, डा.जीवन अधिकारी, मदन कार्की, ऋचा, शान्ति रिसाल, मञ्जुश्री प्रधान, पुनम घिमिरे, मुकुन्द पौडेल, गंगा कर्माचार्य पौडेल, उर्मिला पन्त पाण्डेय, कुसुम शर्मा, रश्मि रिमाल, रुद्र अधिकारी, विजयध्वज थापा, राजेन्द्रप्रसाद ढुंगाना, डिल्लीप्रसाद मूलतिहुन, शिवराम खड्का, अच्युत प्रसाद पौडेल, जनार्दन अधिकारी, अतृप्त पाण्डेय, अशोक घिमिरे, चन्द्र श्री कार्की, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, प्रकाश बस्नेत गफाडी, एन, वि जनकपुरी लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्