Logo

विराटनगरमा डेङ्गुबाट एक जनाको मृत्यु



काठमाडौं, भदौ २६ । डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् ।

उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत थिए । अविनासलाई भदौ २० गतेबाट सामान्य ज्वरो आएपछि सप्तकोशी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

२ दिनसम्म उपचारमा सुधार नआए पछि उनलाई विराटनगरको गोल्डेन अस्पतालमा रिफर गरिएको थियो। सप्तकोशी अस्पतालबाट मंगलबार गोल्डेन अस्पतालमा आईसियुमा भर्ना गरिएका उनको गोल्डेल अस्पतालमा उपचारको क्रममा बुधबार विहान निधन भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्