Logo

काठमाडौंमा सन्नी लियोनको हट अवतार, नेपाली दर्शकलाई दिईन् चुम्मा (फोटोफिचर)



काठमाडौं, २७ भदौ । भारतीय फिल्म नगरी बलिउडकी चर्चित हिरोईन सन्नी लियोन काठमाडौंमा हट अवतारमा प्रस्तुत भएकी छिन् । उनको हट अवतारमा सदावहार नेपाली नायक तथा फिल्म निर्माता भुवन केसीपनि घायल बनेका छन् ।

सन्नीले नेपाली प्रशंसकहरुलाई सेक्सी चम्मा र मुस्कानले मोहित पारेकी छन् । आजमात्र नेपाल आएकी सन्नी लियोनले कुमारी हलमा साँझपख नेपाली दर्शकहरुलाई मन्द मुस्कानसहितको चुम्माले मख्ख पारेकी थिईन । दिल्लीबाट ४ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने समय तालिका भएपनि जहाज डिलेका कारण उनी दुई घण्टापछि आन साँझ ६ बजे नेपाली भूमिमा पाईला टेकेकी थिईन ।

काठमाडौंको धोवीधारास्थित कुमारी सिनेमा भवनमा आजबाट सुरु गरिने चलचित्र पासपोर्टको शुभारम्भका लागि उनलाई विशेष रुपमा निम्त्याईएको थियो । यस चलचित्रमा सन्नीले एउटा गीतमा आईटम डान्स प्रस्तुत गरेकी थिईन । सन्नीले कुमारी हलमा नेपाली चलचित्रकर्मी, कलाकार, मिडियाकर्मीहरुसँगै बसेर चलचित्र हेरेकी थिईन् ।

चलचित्र हेर्नुअघि उपस्थित मिडिया र दर्शकलाई सम्बोधन गर्दै बिहीबार साँझको कार्यक्रमको लागि नेपाल बोलाएकोमा चलचित्र टिमलाई धन्यवाद दिएकी छिन् । उनले विश्वको मनपर्ने देशमध्येकै एक नेपालमा आएर यो पल बिताउन पाएकोमा निकै खुशी महसुस भएको प्रतिक्रिया दिएकी थिईन् ।

सनीले एक आइटम गीतमा केही समयको लागि मात्रै आफू देखिए पनि नेपाली चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले नेपाली गीत भए पनि धेरै पटक सुनेको हुनाले नृत्य गर्न गाह्रो नभएको अनुभव सुनाइन् । उनी प्रिमियर सकेर भोलि नै भारत फर्किने बताइएको छ । यो सनीको चौंथो नेपाल भ्रमण हो । यसअघि उनी २०१७ मा तेस्रोपटक नेपाल आएकी थिइन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot