Logo

निगमका बिमान दिनभर घाम ताप्दै, एकै दिनमा आठ उडान रद्व



काठमाडौं, भदौ २७ । वर्तमान नेपाल वायुसेवा निगमको व्यवस्थापक पक्ष असफल रहेको प्रतिवेदन सार्वजनिक भईरहदा सेवामा पनि निगमले प्रभावकारिता देखाउन सकेको छ । निगमले बिहीबार मात्र १० स्थानमा आन्तरिक उडान भर्नुपर्ने तालिका रहेपनि आठ स्थानमा उडान भर्न सकेन् ।

दुई वटा उडान भरेका स्थान मध्ये ६।३० बजे १४ यात्रु लिएर ट्युनेटर भोजपुर उडेको थियो भने ७।३० बजे ५० यात्रु लिएर एमए ६० काठमाडौंबाट विराटनगर गएको थियो बाँकि आठ उडान बिचैमा रद्व भएका छन् ।

धनगढी जाने ५२, उताबाट काठमाडौं आउने ४० र दाङ जाने २४ यात्रु निगमको जहाज कुर्दा कुर्दे आकाश हेरेर थाके ।अहिले अन्तराष्ट्रिय उडानका लागि भनिएका चार र घरेलु उडानका लागि प्रयोगमा ल्याइएका आठ गरी कुल १२ विमान नेपाल वायु सेवा निगमसँग छन् ।आजको नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्