Logo

इन्द्रजात्रा मनाइँदै



काठमाडौं, भदौ २७ । आज इन्द्रजात्रा मनाइँदैछ । भाद्र शुक्लपक्षका दिन काठमाडौं उपत्यकामा मनाइँदै आइएको इन्द्रजात्रा हेर्न देशभित्र र बाहिरबाट पर्यटकहरुको उल्लेख्य उपस्थिति हुनेगर्छ ।

काठमाडौंको विभिन्न चोकमा बाँधिएका इन्द्रको मूर्तिलाई अग्लो डबलीमा राखिन्छ । पारिजात फूल चोर्न आएका इन्द्रलाई पृथ्वीमा बाँधिएको किम्वदन्ती छ । स्वर्गमा पारिजात फूल नहुने धार्मिक विश्वास रहेको छ । त्यसैले फूल लिन इन्द्र पृथ्वीमा आउँदा समातिएका थिए ।

इन्द्रजात्रा एक हप्ता मनाइन्छ । इन्द्रजात्रामा पहिले लिंग ठड्याइन्छ र एक हप्तापछि त्यसलाई ढाल्ने गरिन्छ । काठमाडौं उपत्यकाका अलावा नेवार समुदाय बसोबास गर्ने दोलखा र काभ्रेमा पनि इन्द्रजात्रा मनाइन्छ । काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।फाइल तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्