Logo

पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गरी विजय हासिल गरेको दिन



आज इन्द्रजात्रा । पृथ्वीनारायाण शाहले काठमाडौंमाथि आक्रमण गरेको दिन हो । वि.सं. १८८५ मा काठमाडौंवासी इन्द्रजात्रा मनाइरहँदा शाहले घेरा हाली आक्रमण गरेको इतिहास छ । एकैपटक आक्रमण गरेपछि राजा जयप्रकाश मल्लका सेनाले प्रत्याक्रमण गर्ने मौका पाएका थिएनन् ।

नेपाल एकीकरणका लागि उपत्यका आक्रमण महत्वपूर्ण कोसेढुंगा बन्यो । पृथ्वीनारायण शाहले जात्रा मनाइरहँदा आक्रमण गरेकाले सहज जित मात्र निकालेनन् धेरै धनजनको क्षति हुनबाट बच्यो ।

काठमाडौं जितेपछि पृथ्वीनारायण शाहले विरोधीका प्रभावशाली व्यक्तिहरुलाई आफ्नो पक्षमा पारेका थिए । उनले कुमारीलाई ढोकेर पूजा समेत गरेका थिए । नेवार संस्कृतिको सम्मान गरेर उनीहरुको मन जितेका थिए । त्यसैले राजसंस्था रहुञ्जेल शाह राजाहरुको सबैभन्दा निकटता नेवार समुदायसँग रहिरह्यो ।

काठमाडौं उपत्यकामाथि विजयी हासिल गरेपछि पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले आकार पाउन सकेको थियो । त्यसपछि उनले राज्य विस्तार गर्दै लगे । शाहको अधिकांश समय युद्धमै बित्यो ।

देशको नक्शा कोर्ने राजा
पृथ्वीनारायण शाह तत्कालिन परिस्थितिले जन्माएको शासक हुन् । यूरोपमा तिव्र रूपमा औद्योगिकीकरणसहित आमूल परिवर्तनको माहोल तयार हुँदै थियो । यूरोपेली देशहरूले विश्वभर साम्राज्य स्थापनालाई गति दिदै थिए । भारतलगायत एशियाली देशहरूमा बेलायतीहरूको उपस्थिति बढ्दै थियो । साम्राज्य खडा गर्ने नियतले रणनीतिक चाल चालिएको थियो ।

नेपालमा बाइसे चौबीसे राज्यहरूको अस्तित्व थियो । एकले अर्कालाई हराएर धनसम्पत्ति लुट्ने र सताउने क्रम सदीऔं देखि चल्दै आएको थियो । यस्तो अवस्थाबीच देशको आन्तरिक र बाह्य परिस्थिति पृथ्वीनारायण शाहको उदयको कारण बन्यो । उनले काठमाडौं उपत्यकामाथि आक्रमण गरेर धनसम्पत्ति लुटेर फर्किएनन् बरू त्यही जरा गाडेर शासन शुरू गरे ।

नेपालको भौगोलिक एकीकरण र विस्तारलाई गति दिए । युद्धका बेलामा के कति क्षति पु¥याए बहसको विषय बनिरहेछ । इतिहासको खोजी हुन्छ र हुनुपर्छ । पृथ्वीनारायण शाहले सामाजिक र सांस्कृतिक एकता समेत कायम गर्न खोजेको देखिन्छ । काठमाडौंका नेवारहरूको संस्कृतिलाई सम्मान गरे । Photo Source: Pinterest and wikipedia



प्रतिक्रिया दिनुहोस्