Logo

घरमा जुवातास खेल्ने पक्राउ



पर्वत, २७ भदौ । घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत कुश्मा नगरपालिका ९ बस्नेहरु दिनेश ढकाल र नवराज अधिकारी, सोही ठाउँ बस्ने सल्यान शारदा नगरपालिका ६ घर भएका उमाभक्त वस्नेत र पर्वत फलेवास नगरपालिका ३ शंकरपोखरी बस्ने राम प्रसाद तिवारी रहेका छन् ।

कुश्मा नगरपालिका ९ ज्ञ्यादी बस्ने लक्ष्मी श्रेष्ठको घरमा जुवातास खेलिरहेका अवस्थामा नगद २ लाख १७ हजार २ सय रुपैयाँ एक बुक तास सहित २५ भदौको साँझ प्रहरीले पक्राउ गरेको हो । जुवाखालमै रहेका एक व्यक्ति फरार भएको हुँदा प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्