Logo

अवैध कपडा बरामद



धनुषा, २७ भदौ । अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको कपडा सहित प्रहरीले एक समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १ बस्ने राजेश कापर समेत पाँच जना रहेका छन् । उनीहरुलाई अवैध रुपमा ल्याउँदै गरेको करिब २० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कपडा सहित २६ भदौको बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ ६ वटा मोटरसाइकलमा सात वटा पोकामा राखी अवैध रुपमा ल्याउँदै गरेको उक्त कपडा सहित २ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । उक्त कार्यमा संलग्न फरार एक जनाको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रहरीले पक्राउ परेका पाँच जनालाई आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय पठाइएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्