Logo

दूधको मूल्यमा व्यापारीको मनमानी



काठमाडौं, २७ भदौ । सरकारले निश्चित दरले दूधको मूल्य वृद्धि गरे पनि व्यवसायीहरुले तोकिएभन्दा बढी मूल्यमा दूध बिक्री गर्न थालेको पाइएको छ ।

किसानबाट एउटै मूल्यमा दूध लिए पनि उद्योगी तथा डेरी उद्यमीले आ – आफ्नो तरिकाले मूल्य तोकेर बिक्री वितरण गरेको पाइएको छ । २१ भदौदेखि लागु हुने गरी सरकारले प्रतिलिटर ६ रुपैँया मूल्य वृद्धि गरेको छ तर सरकारको स्वामित्वमा रहेका दग्ध विकास संस्थान (डीडीसी) ले नै पनि होला (चिल्लो पदार्थ भएको) र स्ट्यान्डर्ड (चिल्लो पदार्थ कम भएको ) गरी दुई प्रकारको दूधमा फरक मूल्य राखेर बिक्री वितरण गरिरहेको छ । स्ट्यान्डर्ड मिल्कको मूल्य प्रतिलिटर ७० रुपैँया थियो भने अहिले ६ रुपैँया थप गरी ७६ रुपैँया गरेको छ । डीडीसीिले स्ट्यान्डर्ड दुधबाहेक तीन प्रकारको दूध प्रिमियम प्रोडक्टको रुपमा विक्री वितरण गदै आएको र मूल्यमा फरक फरक बृद्धि भएको डीडीसीले जनाएको छ ।

डीडीसीले गरेको मूल्य वृद्धिलाई आधार मानेर अरु डेरी तथा उद्योगीले पनि यस्तै तर्कका आधारमा मूल्य वृद्धि गरेका छन् । सरकारले स्ट्यान्डर्ड दूधको मात्र मूल्य बढाएको, अरु दूधजन्य पदार्थको मूल्य वृद्धि गरेको छैन डीडीसीले बताएको छ । यद्यपी आ – आफ्नो लागत अनुसार त्यसको मूल्य वृद्धि गरेका छन् । स्ट्यान्डर्ड दूधका लागि सरकारले जति मूल्य वृद्धि गरेको छ त्यत्ति नै वृद्धि गरेर बजारमा पठाएको छ डीडीसीको भनाई छ । योजना तथा बजार ब्यवस्थापन विभागका अनुसार बजारमा होम मिल्क बाहेक अरु कसैले नबेच्ने हुँदा अरु डेरी तथा उद्योगीले स्ट्यान्डर्ड मिल्क मात्र बिक्री गरेको पाईएको छ । पाँच प्रतिशत फ्याट भएको हरियो पाकेटको दूधको मूल्य प्रतिलिटर ९० थियो भने त्यसमा १० रुपैँया वृद्धि गरी एक सय गरिएको छ । गाईकोे दूध पहेँलो पाकेटको मूल्य ८० थियो भने त्यसमा १० रुपैँया बढाएर ९० बनाएको छ । त्यसैगरी चिया बनाउने दूधको प्रतिलिटर १० रुपैँया वृद्धि गरेको छ । पहिला ६० रुपैँयामा थियो भने अहिले ७० रुपैँया गरेको छ ।

डीडीसीले होम मिल्कमा १० रुपैँया वृद्धि गरे पनि अन्य डेरीले त्यसभन्दा फरक मूल्य राखेका छन् । व्यापारीहरुले मूल्य वृद्धि भएको पछिल्लो समय यता दूध बेच्दा प्रतिलिटर ८० – ९० रुपैँयामा बेच्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्