Logo

डेंगुको महामारी : उपेन्द्र यादवलाई हटाउने, सेना परिचालन गर्ने (भिडियोसहित)



काठमाडौं, २७ भदौ । देश यतिवेला डेंगुको संक्रमणबाट आक्रान्त बनेको छ । यो विषय अहिले संघीय संसदको प्रतिनिधिसभाको बैठकमा समेत उठिसकेको छ । सांसदहरुले बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई तत्काल हटाउन माग गरिसकेका छन् ।बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुको नियन्त्रणको लागि सरकारले आवश्यक कदम चालेको सुनाए ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले डेंगुको संक्रमणलाई प्राथमिकताका साथ नहेरेको आरोप लगाए । उनले भने,‘बरु, जनचेतना फैलाउनको लागि सरकारलेभन्दा पनि मिडियाले बढि भूमिका निर्वाह गरेको देखियो । सरकार त गैरजिम्मेवारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्