Logo

धादिङका नेकपा नेता कांग्रेसमा प्रवेश



काठमाडौं, २७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धादिङका जिल्ला सदस्य जितेन्द्र चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्षसमेत रहेका चेपाङले नेकपा परित्याग गरेको ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका प्रदेश सांसद सन्तबहादुर प्रजाले बताए ।

प्रजालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सितादेवी यादब, ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता तथा मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँलगायतले स्वागत गरेका थिए ।

नेकपाको सरकार बनेको १८ महिना बितिसक्दा पनि सरकार प्रभावकारी ढंगले नचलेको भन्दै नेकपाभित्र पनि असन्तुष्टि पैदा भएको छ । नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । नेकपामा पार्टी व्यवस्थापन नहुँदा र कार्यकर्ताले जिम्मेवारी नपाउँदा पनि पार्टीप्रति बितृष्णा बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्