Logo

चुरोट पिउने बोका (भिडियोसहित)



ललितपुर, भदौ २७ । यो बोकालाई धुँवा असाध्यै मन पर्छ । त्यसमा पनि चुरोटको धुँवा भनेपछि हुरुक्कै । चुरोट पिउने बानी परेको यो बोका बेला बेलामा चीया पसलमा पुग्छ । त्यहाँ मानिसहरुले चुरोट सल्काएर मुखमा राखिदिन्छन् । बोकाले चुरोट पिउँछ ।

ललितपुरको शंखादेवी मन्दिर परिसरमा छाडिएको यो बोका चुरोटको अम्मली भइसकेको छ । चुरोट पिउँदै मुख र नाकबाट धुँँवा निकाल्छ ।

बोका हरेक दिन मन्दिर परिसरमा बालिने धुप समेत चलाउन पुग्छ । उसलाई आगो र धुँवा प्रीय लाग्न थालिसकेको छ ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्