Logo

वडा कार्यालयमा आगजनी



कञ्चनपुर,२७ भदौ । भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाली भित्र आगजनी गरिएको थियो ।
आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टले बताउए ।

आगजनी गरिएको ठाउँमा नेकपा (विप्लव) समूहको नामबाट छाडिएको पर्चासमेत फेला परेको जानकारी दिँदै उनले भने , “कसले आगजनी गरेको हो भन्नेबारे अझै पुष्टि हुन सकेको छैन तर कार्यालयमा भएको क्षतिको विवरण भने सङ्कलन गरिएको छ ।”
रासस



प्रतिक्रिया दिनुहोस्