Logo

चलचित्र ‘सम्हाली राख है’ को पहिलो लुक सार्वजनिक



“सम्हाली राख है” नामक चलचत्रिको पहिलो लुक पोस्टर सार्वजनिक गरिएको छ । आरएल मोक्तान निर्देशित चलचित्रको पोस्टरले चलचित्र एक्सन र रोमान्सले भरिपूर्ण रहेको देखाउँछ । तारा शंकर फिल्मस् प्रा.लीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको चलचित्रमा निर्माता हरिकृष्ण महर्जन र सह–निर्माता श्यामकृष्ण महर्जन रहेका छन् ।

चलचित्रमा राजेन्द्र गोपाली, आरोही बस्नेत, अर्जुन कुँवर, शितल केसी, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्कीलगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ । शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीतमा हिमाल सागर, अनु चौधरी र नित्या शिवाको गायन रहेको छ ।

निर्देशक मोक्तानका अनुसार चलचित्रमा अहिले युवा–युवतीबीच मौलाएको प्रेमकथालाई आकर्षक ढंगले देखाइएको छ । हाल धमाधम डबिङ भइरहेको फिल्म दशैं र तिहारको बीचमा प्रदर्शनमा आउने निर्माता हरिकृष्ण महर्जनले जनाएका छन् । Photo Source: FilmyKhabar



प्रतिक्रिया दिनुहोस्