Logo

जनक शिक्षा सामग्री केन्द्रले माग्यो नयाँ कर्मचारी



काठमाडौं,२७ भदौ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले लोकसेवा आयोग मार्फत नयाँ कर्मचारीहरुको लागि दरखास्त आवहान गरेको छ । लोक सेवा आयोगवाट सहमति प्राप्त भए अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा रिक्त रहेको विभिन पदमा २७ भदौमा दरखास्त आवहान गरेको हो ।

खोलिएका पदहरुमा उप प्रवन्धक, शाखा अधिकृत, वरिष्ट सहायक रहेका छन् । रिक्त तह र सेवा समूह पदहरु आन्तरिक तथा खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाद्धारा स्थायी पदपूर्ति गर्न लोकसेवा आयोगबाट सूचना जारी गरी योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुले दरखास्त दिन सक्नेछन् । सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र फारम भरिसक्नु पर्नेछ । फराम भर्नका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको वेबसाइटबाट फारम डाउनलोड गर्न सकिने जनाईएको छ ।

दरखास्त फारमका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि, चारित्रिक प्रमाणपत्र वा उमेर खुलेको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको तीन प्रति फोटो पेश गर्नुपर्नेछ । १८ बर्ष उमेर पूरा भई ३५ बर्ष ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गको हकमा ४० बर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

उप प्रवन्धक तह सातको लागि सात सय, शाखा अधिकृत तह ६ को लागि ६००, वरिष्ठ सहायक तह पाँच को लागि पाँच सय र समावेशी समूहमा दरखास्त पेश गर्ने उम्मेदवारले प्रत्येक थप समूहको लागि ५० प्रतिशत थप दस्तुर बुझाउनेपर्नेछ । दरखास्त दस्तुर वाणिज्य बैंक सानोठिमी शाखामा खाता नं. १७३०००११०११०१०१ मा जम्मा गर्नुपर्नेछ । दरखास्त असोज १६ सम्म र दोब्बर दस्तुर तिरी असोज २३ गतेसम्म बुझाउन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्