Logo

यसरी पियो बोकाले चुरोट (भिडियोसहित)



ललितपुर, भदौ २७ । मानिसले चुरोट पिउनु स्वाभाविक हो । बाँदरले पनि चुरोट पिएको घटना छ । तर, बोकाले चुरोट पिएको विरलै सुनिएको छ ।

तर, शंखादेवी मन्दिर परिसारको यो बोकालाई धुँवा असाध्यै मन पर्छ । त्यसमा पनि चुरोटको धुँवा भनेपछि हुरुक्कै । चुरोट पिउने बानी परेको यो बोका बेला बेलामा चीया पसलमा पुग्छ । त्यहाँ मानिसहरुले चुरोट सल्काएर मुखमा राखिदिन्छन् । बोकाले चुरोट पिउँछ ।

ललितपुरको शंखादेवी मन्दिर परिसरमा छाडिएको यो बोका चुरोटको अम्मली भइसकेको छ । चुरोट पिउँदै मुख र नाकबाट धुँँवा निकाल्छ ।
बोका हरेक दिन मन्दिर परिसरमा बालिने धुप समेत चलाउन पुग्छ । उसलाई आगो र धुँवा प्रीय लाग्न थालिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्