Logo

वाईडबडी भ्रष्टाचार प्रकरणमा सुगतरत्न कंशकारबाट छानबिन सुरु गर्नुपर्छ : दीपेन्द्र कँडेल (भिडियोसहित)



काठमाडौं, २७ भदौ । पब्लिक ईनोभेटर ईन्जिनियर दीपेन्द्र कँडेलले वाईडबडी खरिद प्रकरणमा भएको घोटालामा नेपाल वायु सेवा निगमका तत्कालिन् महाप्रबन्धक सुगतरत्न कंशकारबाट छानबिन सुरु गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले यस्तो बताएका हुन् । आफूसँग उपलब्धक भएका डकुमेन्ट अनुसार नेपाल बाहिरका दिपक शर्मा (ए.आर. कर्पोरेशन) र कंशकारबीच भएको सम्झौताको आधारमा कंशकारको नाम लिन बाध्य भएको पनि उनले खुलासा गरेका छन् ।

त्यस्तै, उनले यो प्रकरणमा नेपाल सरकारलाई फेल गराउने तवरले संसदीय छानबिन समितिले प्रतिवेदन ल्याएको आरोप लगाए । उनले भने,‘मैले त आजकै डेडलाईन दिएको थिएँ, भदौ २७ गते । तर, मैले दिएको डेडलाईनभन्दा चार दिन अघि नै भ्रष्टाचार भएको छैन भनेर संसदीय छानबिन समितिको प्रतिवेदन निकालिनुले प्रशासनभित्रको मिलोमतोमा सरकारलाई फेल गराउने षड्यन्त्र भएको छ ।’

उनले उक्त प्रकरणमा छानबिनका लागि आफू वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाई सहयोग गर्नपनि तयार रहेको सुनाए । उनले भने,‘यदि राजनीतिक प्रेसरबाट छानबिन प्रभाव पार्ने काम भयो भनेपनि मन्त्रीज्यू, तपाई नडराउनुहोस । यो प्रकरणमा छानबिनको लागि तपाई अघि बढ्नुहोस, जनताले तपाईलाई प्रधानमन्त्री बनाउँछन् ।’

उनले यो प्रकरणमा सत्य, तथ्य बाहिर ल्याउनको लागि पनि छानबिनको सुरुवात योगेश भट्टराई आफैंले गर्नुपर्ने सुझाए । उनले यो प्रकरणमा भ्रष्टाचारको भएको फिगर रकम चार अर्बमात्रै नभएर आफ्नो प्रारम्भिक अनुमानमा १८ अर्ब पुगेको पनि उनको दाबी छ ।

बाँकी भिडियोमार्फत :



प्रतिक्रिया दिनुहोस्