Logo

त्रिविले दीक्षान्त समारोहको आवेदन खुलायो (फारम भर्ने तरीका सहित)



काठमडौं,२७ भदौ । त्रिभुवन विश्वविदालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४५ औँ दीक्षान्त समारोहको आवेदन फारम खुलाएको छ । परीक्षा नियन्त्रण कार्यालयले २७ भदौमा सूचना जारी गरी आवेदन फारम खुला गरेको हो ।

त्रिभुवन विश्वविद्यालयद्धारा आयोजना गरिने ४५ औँ दीक्षान्त समारोहमा सम्मिलित हुन वि.सं. २०७५ साल जेष्ठ १८ गतेदेखि २०७६ साल जेष्ठ ३१ गते तदनुसार सन् २०१८ जुन १५ देखि २०१९ जुन १४ सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्स्क्रृप्ट लिएका र सोही अवधि भित्र विद्यावारिधि (पिएच.डी.) गरेका इच्छुक विद्यार्थीहरुले आवेदन लिन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

आवेदन फारम परीक्षा नियन्त्रण कार्यालयको वेभ साइट http://tuexam.edu.np/convocation/  मार्फत अनलाइन फारम भर्नुपर्नेछ ।
website online फारम १५ सेप्टेम्बर २०१९ देखि अक्टोबर २०१९ गतेसम्म मात्र भर्न सकिने कार्यालयले जानकारी गराएको छ ।

स्नातक तहका लागि २,२००, स्नातकोत्तर तथा एम.फिल. तहका लागि २,७०० र विद्यावारिधि (पिएच. डी) का लागि ३,२०० शुल्क लाग्ने भएको छ ।

दीक्षान्त समारोहमा अभिभावक सरिक गराउन चाहने विद्यार्थीहरुले प्रति अभिभावक शुल्क तीन सयका दरले बुझाउनुपर्नेछ । शुल्क नेपाल बैंक लिमिटेड खाता नम्बर ०४५००१०००९९११०००००१६, वा ग्लोबल आईएमई बैंक लिमिटेड खाता नम्बर ५०१०१००००३८९ मा जम्मा गर्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्