Logo

प्रभासको “साहो” ले चार अर्ब कमायो



रेबेल स्टार प्रभास र श्रद्धा कपूर स्टारर फिल्म “साहो” ले दुई हप्तामा चार अर्ब २४ करोड कमाएको छ । यो फिल्मको विश्वव्यापी व्यापार हो । सुरुवातमा फिल्मले केही टिका–टिप्पणी झेल्नु परेपनि बक्सअफिसमा भने राम्रै कमाए गरेको छ ।

फिल्मको कमाईबारे युभि क्रियसनले ट्वीटरमा ट्वीटबाट जानकारी दिएका हुन् । फिल्ममा ज्याकी श्राँफ, चंकी पाण्डे, नील नितिन मुकेश, मन्दिरा बेदी, महेश मांजरेकर, अरुण विजय र मुरली शर्मालगायत अन्य कलाकारहरु छन् ।

प्रभास फिल्म बहुबलीबाट चर्चामा आएका हुन् । उनी अहिलेका चर्चीत नायकमध्ये एक हुन् । फिल्मलाई दर्शकहरुले सामाजिक सञ्जालबाट हलिउड फिल्मको चोरीको आरोह लगाएका थिए । तर, फिल्मले विश्वव्यापीरुपमा राम्रै कमाई गरेको छ ।



प्रतिक्रिया दिनुहोस्