Logo

१२ मिनेटमा ६५ परिकार खान सक्ने मानिस (भिडियोसहित)



एडम मोरन नाम गरेको व्यक्तिले १२ मिनेटमा ६५ परिकार खान सक्छन् । यूट्यूबमा बियर्ड मीट फूड च्यानल चलाउने व्यक्तिले आफ्नो च्यानल मार्फत निकै नाम कमाएका हुन् । शेफर्ड प्लेस फार्मको प्रभावशाली टर्मिनेटर २ फूड चुनौतीमा भाग लिएको हुदा उक्त खाने कुरालाई १२ मिनेट भित्र खानु पर्ने थियो र सो खाने काम उनले केवल १२ मिनेटमा गरेर देखाएका छन् । एडम मोरनले १२ मिनेटमा ४००० क्यालोरी खाएको थिए ।

यस चुनौती मार्फत नयाँ कीर्तिमान हासिल गरेका थिए । ३३ बर्षीय बैंकर आफ्नो पेशा छोडेर आफ्नो च्यानलमा निकै चर्चा कमाएका छन् । लन्डनको नाटिंगम शायरमा शेफर्ड्स प्लेस फार्मले टर्मिनेटर २ चनौती सिर्जना गरिएको थियो । ’टर्मिनेटर २’ भनिने खाना चुनौतीमा आठवटा परम्परागत अंग्रेजी ब्रेकफास्ट वस्तुहरू समावेश गरिएको हुन्छ ।

’टर्मिनेटर २’ यस ब्रेकफस्टमा कुल ६५ ओटा आइटमहरु हुनेगर्छ र यसको मूल्य करिब १५ यूरो हुने गर्छ । यी कुराहरुलाई आफ्नो विडियो च्यानल नर्फत सार्बजनिक गरेको थियो र निकै चर्चा विडियोले कमाएको थियो मोरनं मात्रै व्यक्ति हैन जसले यो कार्य पुरा गरेका छन् । विगत दिनहरुमा तीन जना व्यक्तिले यस कार्यलाई सफल गरेका थिए । हालाकी मोरनको समय उनिहरु भन्दा निकै कम रहेको थियो । मोरनले निकै राम्रो र धेरै मात्रको खाने कुराहरुलाई लिएर नया नया अबिस्कार गर्ने र खाने समेत गर्छन । भारतीय खाना खाने चुनौती पनि लिएका ’द अल्टिमेट इण्डियन भोज चैलेन्ज’ लिन भोजी, पकोरा, तंदुरी कबाब, रोटी र केही भारतीय मिठाईहरू लिने देखेको थियो ।-एजेन्सी

भिडियो हेर्नुहोस्ः

Photo Source: DailyStar



प्रतिक्रिया दिनुहोस्