Logo

देशभर फैलिएको डेंगुका कारण दाङमा एक महिलाको निधन



दाङ । डेंगुको संक्रमणबाट दाङको शान्तिनगर गाउँपालिका निवासी एक महिलाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु तथा मलेरिया रोग फोकल पर्सन कमल चन्दका अनुसार शान्तिनगर गाउँपालिका वडा नं. १ फुर्केसल्लीका २१ बर्र्षीया प्रतीक्षा बुढाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको हो । डेंगुको शंका लागेर तुलसीपुर तथा घोराहीका स्वास्थय संस्थामा जाँच गराउँदा पनि केही पत्ता नलागेपछि भदौ ७ गते नेपालगंज लगिएको थियो ।

चन्दका अनुसार दाङमा अहिलेसम्म ४२ जनामा डेंगुको संक्रमण भएको छ । २४ पुरुष र १८ जना महिलामा डेंगु संक्रमण भएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्