Logo

इन्द्रजात्रामा ‘राजा’ को माग



काठमाडौं, भदौ २७ । इन्द्रजात्रामा राष्ट्रपति नभई राजा आउनुपर्ने माग गर्दै भएको प्रदर्शनले जात्रा प्रभावित भएको छ । प्रदर्शनले वसन्तपुर क्षेत्रमा सुरक्षा कडाईका साथै पक्राउ समेत भएको छ । नेपाल प्रहरीका पूर्व डिआइजी विजय भट्टसहित ३५ जना पक्राउ परेका हुन् ।

भट्टसहित पक्राउ पर्नेमा नेपाली सेनाका एकजना पूर्व कर्णेल समेत छन् । वसन्तपुर क्षेत्रमा राजाको मागसहितको टिसर्ट देखि गतिविधि समेत देखिएको थियो । विगतमा राजसंस्था रहँदा इन्द्रजात्रा अवलोकन गर्न र कुमारीको दर्शन गर्न राजा जाने गर्दथे । राजतन्त्रको अन्तसँगै राष्ट्रपति जाने प्रचलन छ ।

विगतमा इन्द्रजात्राको अवलोकन गर्न राजाहरु जाने प्रचलन थियो । राजा गएर कुमारीको दर्शन गरी प्रसाद समेत लिन्थे । पृथ्वीनारायण शाहले आजकै दिन वि.सं. १८२५ मा काठमाडौंमा आक्रमण गरी जीत हासिल गरेका थिए । काठमाडौं जितेपछि उनले कुमारीको दर्शन गरेर आशिर्वाद लिएका थिए ।

नेवारी समुदायले मनाउँदै आएको इन्द्रजात्रामा राजाको माग बढ्नुलाई गम्भीरताका साथ लिइएको छ । देशभित्र राजसंस्था फर्काउने गतिविधि बढिरहँदा यसपटक वसन्तपुरमा इन्द्रजात्रा पारेर प्रदर्शन भएको छ । राजसंस्थाका पक्षधरहरु पछिल्लो समय सक्रिय भइरहेका छन् । पूर्व राजा ज्ञनेन्द्र शाहको गतिविधिलाई लिएर सत्तारुढ दलका नेताहरुले उनलाई कडा चेतावनी दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्