Logo

कांग्रेसलाई हात छोड्न बाध्य नपारियोस्ः देउवा



दाङ, २७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेको नेकपालाई संयमित बन्न चेतावनी दिएका छन्।

नेपालगन्ज खजुरामा पार्टीको जागरण अभियानका क्रममा नेकपाका कार्यकर्ताले आफ्ना जिल्ला सभापति किरण कोइरालाको हातै भाँचिने गरि गरेको आक्रमणको कांग्रेस सभापति शेरबहादुर देउवाले आक्रोस ब्यक्त गरेका छन् ।

सरकारकोे नेतृत्व गरिरहेका पार्टी कार्यकर्ताहरुको रवैया ठिक नरहेको भन्दै उनले आफुले पनि सोहि शैलि अपनाए त्यसपछिको अवस्थाबारे सोच्न नेकपालाई आग्रह गरेका छन ।

आफ्ना पार्टीका कार्यकर्ताको हात भाच्चिने गरि भएको आक्रमणबारे देउवाले आफुहरुले विधिको शासन परित्याग गरे त्यसपछिको अवस्थाबारे सम्हाल्न नेकपालाई अप्ठेरो पर्ने पनि चेतावनी दिए । कांग्रेसलाई उत्त निणर्य गराउन बाध्य नवनाउन पनि आग्रह गरेका छन् ।

कोठामा भित्र चलिरहेको पार्टीको जागरण कार्यक्रममा प्रेवश गरेरन नेकपाका कार्यकर्ताले गुण्डाशैलीमा सभापतिको हातै भाँचिने गरि आक्रमण भएको छ ।’उनको भनाई रहेकोे छ ।



प्रतिक्रिया दिनुहोस्