Logo

एकै व्यक्तिको दुई करोड दरसन्तान



यी सँसारकै खतरनाक योद्धा हुन् । यीनी जहाँ जित्थे त्यो ठाउँ ध्वस्त पारिदिन्थे । सुन्दर महिलाहरुलाई आफ्नो बनाएर सन्तान जन्माउँथे । यी हुन चेङ्गिज खाँ । आजसम्म यीनले जितेको जति भूभाग कसैले जित्न सकेको छैन । १३ औं शताब्दीमा सँसारमा यीनको शासन चल्यो ।
सन् २००३ म गरिएको डिएनए अध्ययनले झण्डै दुई करोड मान्छेहरू विगतका मङ्गोल शासकको जीन रहेको देखायो । उनीहरू चेङ्गिज खाँ र उनका दाजुभाईबाट जन्मिएकाहरूका सन्तती थिए । सँसारको प्रत्येक दुईसय मध्येबाट एक चेङ्गिजको सन्तान रहेको तथ्य पत्ता लाग्यो ।

चेङ्गिजले जहाँ युद्ध जित्थे त्यहाँ ताण्डव मच्चाउथे । विनाश नै गरेपछि त्यहाँका सुन्दर स्त्रीलाई करणी गरी सन्तान उत्पादन गर्थे । उनले आकर्षक युवतीलाई करणी गरी हजारौं सन्तानोत्पादन गरेका थिए । तिनका सन्तान दरसन्तान हुँदै साँढे सात सय वर्षमा डेढ करोडभन्दा बढी जन्मिए ।

मध्य र उत्तर एशियामा आफूलाई चेङ्गिज खाँनको सन्तान दाबी गर्नेहरू छन् । दाबीहरू सत्यको निकट छन् । किनभने चेङ्गिज खाँन र उनको सेनाले मध्य र उत्तर एशियाका धेरै भू–भागमा आधिपत्य जमाएर विध्वंश मच्चाउनुका अलावा बलात्कार गरी गर्भवती बनाइदिएका थिए ।

खाँन स्वयं युद्ध जितेपछि उच्च घरानियाँ परिवारका स्त्रीलाई जर्बजस्ती गरेर सन्तान जन्माउँथे । युद्ध जित्नु र जहाँ गयो त्यही सन्तान जन्माउनु उनको उद्देश्यभित्र पर्दथ्यो । एशियाका अधिकांश भू–भाग र यूरोपसम्म साम्राज्य फैलाउँदा चेङ्गिज खाँन र उनका सैनिकले गरेको बलात्कारबाट मङ्गोलियन जिन फैलिएको अनुमान गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्