Logo

हेलम्बु पुगेकी रानीलाई झिकाएर सती जान लगाइयो



पतिको मृत्युपछि पत्नीले सँगै चितामा जल्नुपर्ने प्रथा हो सतीप्रथा । नेपालमा यो प्रथा राण शासनकालमा हटेको थियो । सती प्रथा नहटेसम्म राजा देखि प्रजासम्मका नारीको पतिको मृत्युलगत्तै चितामा जल्नुपरथ्यो ।

राजा रणबहादुर शाहका धेरै रानीहरु सती गएको इतिहास छ । रणबहादुर शाहको हत्या भयो । राज्यकोष हिनामिनाको छानविन गर्न डाकेको बैठकमा विवाद हुँदा शेरबहादुर शाहले रणबहादुरको हत्या गरेका थिए । शेरबहादुर पनि मारिए ।

रणबहादुरको हत्यापछि दाहसंस्कारको तयारी भयो । स्वामी भनिने राजाको साथमा सती जान हेलम्बु पुगेकी रानी राजराजेश्वरीलाई समेत झिकाइयो । रणबहादुर शाहको लाससँगै १४ जना सति गएका थिए । त्यसपछि दुई जना सती गए ।

सती जानेमा रानीहरु देखि राजाको ल्याइते र दासीहरु समेत थिए । सबै गरी १६ जना नारीलाई सती जान वाध्य पारिएको थियो । रणबहादुर शाहको हत्याकाण्डमा ७७ जना पुरूष मुछियो । उनीहरु पनि मारिए ।



प्रतिक्रिया दिनुहोस्