Logo

बालुवाटारबाट निस्कन छाडे प्रधानमन्त्री ओली



काठमाडौं, भदौ २८ । प्रधानमन्त्री केपी शर्मा ओली इन्द्रजात्राको अवलोकन गर्न पुगेनन् । अपरान्ह वसन्तपुरमा इन्द्रजात्राको अवलोकन र कुमारीको दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित विशिष्ट अतिथि पुग्दा ओली देखिएनन् ।

ओलीले विद्युतीय बसको उद्घाटन आफैले गर्ने धोको राखेका थिए । उनकै पहलमा विद्युतीय बस संचालनमा आयो । निकै अवरोध भएपछि ओलीले चेतवानी दिएपछि अड्केको गाँठो फकेर बस संचालनमा आयो । ओलीले सिंगापुरबाट फर्किएपछि बसको शुभारम्भ गर्ने बताएका थिए । यसको खुलासा बस संचालक कम्पनि सुन्दर यातायातले गरिसकेको थियो । तर, ओली अन्तिम समयमा आएनन् ।

पछिल्लो समय ओली सार्वजनिक कार्यक्रमहरुमा कमै देखिन्छन् । यसको मुख्य कारण उनको स्वास्थ्य अवस्था हो । मन्त्रिपरिषद बैठक पनि बालुवाटारमै बसाउँछन् । चिकित्सकले धपेडी नगर्न र आराम गर्न सुझाव दिएपछि उनी बाहिर निस्कन छाडेका हुन् । ओली पछिल्लो समय कम बोल्न थालेका छन् । यसमा पनि चिकित्सकको सुझाव छ ।

सिंगापुरबाट फर्किएपछि उनी स्वास्थ्य चेकजाँचका लागि अस्पताल पुगे । उनको स्वासप्रश्वासमा केही समस्या देखिएको बुझिएको छ । ओली र उनका निकटस्थले स्वास्थ्य अवस्था सामान्य रहेको बताइरहँदा सक्रियता कम हुँदै गएको छ । उनी निकै कममात्र बाहिर निस्कन थालेका छन् । बढी आराम गर्छन् । File Photo



प्रतिक्रिया दिनुहोस्