Logo

ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित



काठमाडौं, २८ भदौ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जीवनराम श्रेष्ठ १७ मत ल्याई पुनःनिर्वाचित भएका छन्। चार वर्षका लागि निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे ।

अन्तरराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा आज बिहान निर्वाचन भएको थियो । अन्य पदाधिकारीको मतगणना जारी छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीको स्वायत्ततालाई प्रभावकारीरुपमा अगाडि बढाउने, नेपालमा आसन्न साउथ एशियन खेललाई सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा समेत उनी र्वाचित छन् ।



प्रतिक्रिया दिनुहोस्