Logo

‘युवा तिमी धुव्रतारा हौ’ को म्यूजिक–भिडियो बिमोचन (भिडियोसहित)



काठमाडौं, २८ भदौ । श्रीलक्ष्मी सिंहद्वारा रचित तथा शान्ति सदा र गूरुशरण सदाद्वारा स्वरबद्व स्वदेशी गान ‘युवा तिमी धुव्रतारा हौ’ को म्यूजिक–भिडियो बिमोचन भएको छ ।

मुनलाईट फिल्मस् प्रालिद्वारा उत्पादित तथा सवरी संकल्प समाजको समन्वय रहेको उक्त गितको निर्देशन आसिक राईले गरेका छन भने गीतमा श्रीलक्ष्मी सिंहको शब्द, गूरुशरणको लय सम्पादन रहकोे छ ।न्हुच्छे मर्हजनको संगित संयोजन रहेको उक्त गितलाई शान्ती सदा एण्ड गूरुशरण सदा नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतले देशमा विद्यमान बेरोजगारीको अवस्थालाई आधार मानेर विदेशिने युवाको पीडालाई उजागर गर्न खोजको छ । आफ्नो बाध्यताका कारण दैनिक लाखौं युुवाहरु विदेशिरहेको अवस्थामा देशमा नै केही गर्नुपर्छ भन्ने भावनाबाट ओतप्रेत भई स्वदेशमै रोजगारीका सम्भावना खोज्न आवश्यक रहेको भावना समेटिएको छ ।

‘युवा तिमी ध्रुव तारा हो, युवा तिमी सगरमाथा हौ’ भन्ने मूल भावसहित देशको विकास युवाको काँधमा रहको भन्ने भावनालाई पनि उक्त गित मार्फत सन्देश दिन खोजिएको छ ।

गितमा बरिष्ठ कलाकार उक्तम केसी, लक्ष्मण चौलागाँई, गोमा काफ्ले, आदित्य ठकुरी, संगिता श्रेष्ठ, सन्तोष गुरुङ तथा सावित्रा भुजेलको निकै नै सुन्दर अभिनय रहेको छ । गीतमा बालकलाकारको रुपमा शशि सदा, सगुन सदा, शक्ति सदा, समिक्षा सदाको भूमिका छ ।

उक्त गित लोकापर्णको क्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारी आज हर कसैको बाध्यता रहेपनि स्वदेशमा नै धेरै गर्न सकिन्छ भन्ने भावना दिन खोजेको बताए ।

‘राज्यलाई झकझक्याउन यो गितले निकै राम्रो भूमिका निर्वाह गरेको छ ।’–उनले बताए । अहिलेको सरकारले युवालक्षित विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको जनाउदै उनले युवाले चाहे देशमा समृद्विको मुहार फेर्न सक्ने उनको भनाई छ ।

‘गीतका शब्दले विदेशिएका नेपालीको पीडालाई उजागर गरेको छ ।’ उनले भने–‘संगित र साहित्यमार्फत सरकारको ध्यानार्कषण गर्न माध्यमको भूमिका निभाउनेछ ।’

त्यस्तै कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अहिलेका युवाको सोच देशभित्रै केही गरांै भन्दापनि विदेशको मोहमा नै रमाउने खालको भएपनि युवाहरुको उक्त सोचमा परिवर्तन ल्याउन गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।
‘युवा शक्तिनै देशको मेरुदण्ड हो । सरकारले विदेश पलायनलाई रोक्न आवश्यक ।’–धमलाले भने । विदेशमा रहनेहरुले पनि आफुले पाएका श्रम स्विकृतिको आधारमा काम गर्न पाउनुपर्ने उनको भनाई छ ।

नेपालमानै रोजगारीको सिर्जना गर्न वातावरण बनाउन आवश्यक रहेको बताउँदै उनले युवाले चाहे देशका विद्यमान बेरोजगारी हटाउन सकिने र भ्रष्टाचार, अनैतिकता, असमानताको अन्त्य गरि आमूल परिवर्तन ल्याउन सक्नेपनि स्पष्ट पारे ।

‘संगितको क्षेत्रबाट पनि समाजमा परिवर्तन ल्याउन सकिन्छ, युवालक्षित कार्यक्रममा सरकारले गम्भिर भएर लाग्नुनै आजको आवश्यकत्ता हो ।’– धमलाले थपे । स्वदेशमै बसेर कुनै उद्यम गर्नपनि उनले युवा वर्गलाई आग्रह गरे ।

उनले भने,‘मलाई अहिले दैनिक ४० जतिको हाराहारीमा वैदेशिक रोजगारीमा विभिन्न मुलकबाट युवाले समस्यामा परेको गुनासो सुनाउने गरेका छन् । ती समस्या सामाधानको निम्ति राज्यले आफ्ना दायित्व निर्वाह गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै प्राज्ञ धिरेन्द्र प्रेमर्षीले गीतमा स्वर दिने गायक तथा गायिकाले दुई दशकदेखि गित संगितको माध्ययमबाट समाजमा पु¥याएका योगदानको चर्चा गरेका छन् । आफ्नो समाजको परिबन्धबाट माथि उठ्दै आफ्नो गला र कलाका माध्ययमबाट मनोरञ्जनको साथमा परिवर्तनको सम्वाहक बनेको उनको भनाई छ ।

मधेसी मुलका भएरपनि संगित क्षेत्रबाट पु¥याएको योगदानको उनले खुलेर प्रशंसा गरे । ‘दलित बस्तीअन्र्तगतको मुसहर बस्ती, त्यसमध्ये पनि महिला भएरपनि गायक तथा गायिकाले आफ्नो प्रतिभाबाट संसार चिनाउने काम गरेका छन ।’–उनको भनाई छ ।

नारायण गोपाललाईमात्रै स्वरसम्राट मान्ने हाम्रो समाजले झलकनाथ गन्धर्वको उचाईलाई नाप्न नसकेकोे पनि उनले गुनासो पोखे । कलाकार राष्ट्रका गहना हुन भन्दै उनले कला र संस्कृतिको जर्गेना गर्न पनि उत्तिकै आवश्यक रहेको बताए ।

मैथली भाषामा झण्डै एक सय र नेपाली भाषाका आधा दर्जन जति एल्बममा स्वर दिई सक्दापनि गायकको परिचय अहिलेसम्म लुकेर बसेको र त्यो प्रतिभालाई राज्यले चिन्न आवश्यक रहेको पनि उनको बुझाई छ । ‘यो देशमा युवाका निम्ती थुप्रै सम्भावना रहेका छन तर सरकारले युवा परिचालन र युवा लक्षित कार्ययोजनाहरु सार्वजनिक गर्न नसक्नु आजको विडम्बना रहेको छ ।’–उनको भनाई छ ।

त्यस्तै, गितकी रचयिता श्रीलक्ष्मी सिंह विमानस्थलमा देखेका परदेशी युवाको लास बोकेको बाकसले गितको जन्म गराएको जानकारी गराईन् । दैनिक १५ सयको हाराहारीमा अहिले देशको मुख्य शक्ति आफ्नो जिविको पार्जनको निमित्त बैदेशिक रोजगारीमा जान बाध्य रहेको तथा देशको उर्वर माटोको मूल्य मेटिने संकटमा रहेको उनको बुझाई छ ।

‘आफ्नो सानो सपनालाई साकार पार्न विदेश आज एक बाध्यता बनेको छ ।’ उनले भनिन्,‘विदेश गएरपनि आफ्नो सपनालाई तुहाउने धेरै नेपाली छन । कयांै परिवारको आशा विदेशको भूमिमा नै विलिन भएको छ । सरकारले यस विषयमा गम्भिर भएर सोच्न आवश्यक रहेको छ ।’

विदेश केवल सपनाको महलको राज्य भएको जनाउदै उनले आफ्नो श्रमको मुल्य स्वदेशभित्रै खोज्न पनि युवालाई आग्रह गरिन् । अहिलेको समयमा आफ्नो परिवारसंग बसेर जिवन बिताउनेभन्दा विदेशको बाध्यतामा रहने नेपालीको संख्या दिनानुदिन बढ्दै गएको र सोही अवस्थालाई कम गराउन पनि जारी गितको माध्यमले भूमिका खेल्ने पनि उनले सुनाईन् ।

कार्यक्रममा कलाकार उत्तम केसीले पनि गीत धेरै राम्रो बनेको प्रतिक्रिया दिए । गीतमा आफने पनि अभिनय रहेको सुनाउँदै केसीले बास्वतमा देशको परिवेश सुहाउँदो गीत बनेको स्पष्ट पारे ।

त्यस्तै, उक्त गीतका सहयोगी तथा निर्माता डिल्लीरमण सिंहले जारी गितको माध्ययमबाट देशभित्रै केही गर्नुपर्छ भन्ने जागरण ल्याउन सक्ने जानकारी गराए । संगितले हरेक नेपालीको पीडालाई सम्बोधन गर्दै पीडित नेपालीको धाउमा मलमको काम गर्ने पनि उनको भनाई छ ।
कार्यक्रममा उक्त गितमा सहयोग पु¥याउने कलाकार तथा निर्माण समूहलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्