Logo

वाइडवडी विमान खरिदमा मेरो संलग्नता छैन : देउवा



दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो संलग्ना नरहेको दोहो¥याएका छन् ।

नेपाल प्रेस यूनियन दाङले शनिवार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडीका बिषयमा पहिलो पटक कुरा उठाउने आफू नै भएको दावी गर्दै त्यसमा आफ्नो संलग्नता छ भन्नु आँफैमा मजाक भएको बताए ।

सभापति देउवाले वर्तमान सरकार अधिनायकवाद थर्फ उन्मुख भएको आरोप लगाएका छन् । सभापति देउवाले कम्युनिष्ट शासकहरु अधिनायक बादी हुन्छन भन्ने सुनेकातर अहिले नेपालमा त्यही देखा परेको जिरिक गरे ।

दाङको तुलसीपुरमा रहेको विपी कोइरालाको पूर्णकदको शालिक अनावरण कार्यक्रममा काँग्रेस सभापति देउवाले कम्युनिष्ट नेतृत्व दुई तिहाई सरकार अहिले अधिनायकवाद तर्फ उन्मुख भएको दावी गरेका हुन् ।

प्रजातन्त्रप्रति आस्था राख्ने सबै शक्ति एक भई जानु पर्नेमा देउवाले जोड दिएका छन् । उनले मिडियामा सरकारले अंकुश लगाउन थालेको बताए । सरकारले नागरिकलाई करको भारी बोकाउने गरेको, शान्तिपूर्ण कार्यक्रम गरिरहेका वेला साँघातिक आक्राम गर्ने, स्वतन्त्ररुपमा बोल्ने नदिने काम गरिरहेको भन्दै देउवाले आक्रोष पोखेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बाँकेमा कांग्रेस नेता तथा कार्यकर्तालाई आक्रमण गर्ने दोषिलाई कार्बाही नहुँदासम्म संसद चल्न नदिने समेत बताए । उनले बाँके काँग्रेस सभापति किरण कोइरालासहितका नेता तथा कार्यकर्तामा नेकपाका कार्यकर्ताहरुले सांघातिक आक्रमण गर्ने दोषिलाई कार्वाही हुनु पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्