Logo

बाँके आक्रमणबारे गृहमन्त्रीले जवाफ नदिए संसद अवरुद्ध गर्छौँ : संग्रौला



काठमाण्डौ । बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जनबढि नेता, कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कार्वाही गर्न माग गर्दै काठमाण्डौ जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध गरिएको थियो ।

दाङमा पुगेर सभापति शेरबहादुर देउवाले पनि सरकारप्रति आक्रोष व्यक्त गरेका थिए । यसैबीच कांग्रेस सांसद डिला संग्रौलाले त झन भोली संसदमा गृहमन्त्री रामबहादुर थापाले यस विषयमा जवाफ नदिए अवरुद्ध गर्ने चेतावनी दिएकी छिन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै संग्रौलाले आफ्ना कार्यकर्तामाथि भएको आक्रमणबारे सरकारले जवाफ नदिए संसदमा विरोध गर्ने बताएकी हुन् ।

नेकपाका नेता, कार्यकर्ताले बाँकेको सितापुरमा कार्यक्रममा सहभागी भएका पार्टीका बाँके सभापति कोइरालासहित १ दर्जन बढिलाई आक्रमण गरी घाइते बनाएको कांग्रेसको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्