Logo

विन लादेनपुत्र हमजा मारिएको पुष्टि



अल कायदा नेता ओसामा विन लादेनका पुत्र हमला विन लादेन मारिएको पुष्टि भएको छ । अमेरिकाले उनी मारिएको पुष्टि गरेको छ ।
हमजा मारिएको चर्चा विगत देखि चलिरहेपनि आधिकारिक सूचना आएको थिएन । अमेरिकाले शनिबार विज्ञप्ति जारी गरी हमजा प्रतिआतंकवादी आक्रमणका क्रममा मारिएको जनाएको छ ।

विज्ञप्तिमा हमजा अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा मारिएको भनिएको छ । तर, उनी कुन मितिमा कुन स्थानमा मारिएको स्पष्ट पारिएको छैन । उनी केही महिना अघि नै मारिइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विन लादेनको छोरा हमजालाई अलकायदाको भावी नेता बनाउने गरी तयारी गरिएको थियो । बाबुको पदचाप पछ्याउँदै तालिम लिइरहेका भनिएका हमजा मारिएपछि लादेनका अधिकांश सन्तानको मृत्यु भएको छ ।

यसअघि अमेरिकाले हमजाको टाउकाको मूल्य दश लाख डलर राखेको थियो । जिहादको राजकुमारको परिचयसहित अलकायदाको नेताका रुपमा उदाइरहेको उल्लेख गरेको थियो । सन् २०१७ मा हमजालाई प्रतिआतंकवादी कालो सूचीमा राखेको थियो ।
विन लादेन पाकिस्तानको अवोटावादमा मारिंदा हमजाको बारे उल्लेख थियो । जसमा उनलाई अल कायदाको भावी नेताका रुपमा तालिम दिन थालिएको उल्लेख थियो । सन् २०११ को मे महिनामा लादेनलाई अवोटावादमा अमेरिकाको विशेष कमान्डले सेप्टेम्बर ११ सन् २००१ मा टेवीन टावर हमलापछि अमेरिकाले उनको विशेष खोजी गरेको थियो । उनी पाकिस्तानमा फेला परेका थिए ।-एजेन्सी Photo Source: abcnews, independent.ie



प्रतिक्रिया दिनुहोस्