Logo

अमेरिकाले गुप्तचरीमा प्रयोग गरेको परेवा



परेवाले उहिले चिठी आदानप्रदान गथ्र्यो । यसलाई मानिसले विभिन्न काममा प्रयोग पनि गर्यो । यसको युद्धमा र दुश्मनविरुद्ध पनि प्रयोग गरियो ।

अमेरिकाले शितयुद्ध ताका परेवालाई गुप्तचरका रुपमा प्रयोग गरेको खुलासा भएको छ । उसले तालिम दिएर परेवाहरुलाई सोभियत संघको सूचना लिनका लागि शितयुद्धताका प्रयोग गरेको खुलासा भएको हो । अमेरिकी गुप्चर संगठन सीआइएले शितयुद्धताका गुप्तचर परेवा मिसनबारे खुलाएको हो ।

डल्फिनलाई समुन्द्र मुनीको सूचना पत्ता लगाउन प्रयोग गरिएको थियो । त्यसका लागि डल्फिनलाई पूरा तालिम दिइन्थ्यो ।

सन् १९८० को अन्तिम समयतिर सोभियत संघ र अमेरिकाबीचको विवाद चरम चुलीमा पुगेको थियो । दुवैले एक अर्काविरुद्ध विभिन्न प्रयोगहरु गर्थे । जल, थल र वायुमण्डलमा समेत प्रभाव बनाउन खोजेका थिए ।



प्रतिक्रिया दिनुहोस्