Logo

मानिस हराएको २२ वर्षपछि तालमा यसरी भेटियो कंकाल



एकजना मानिस हराएको २२ वर्षपछि उनको कंकाल पोखरीमा भेटिएको छ । यो घटना अमेरिकाका फ्लोरिडा राज्यको हो । कार तालमा डुबेको अवस्थामा थियो जहाँभित्र ती व्यक्तिको कंकालमात्र बाँकी थियो ।

कंकाल भेटिनुमा आश्चर्यजनक संयोगक भएको छ । एकजना व्यक्ति गुगल अर्थमा आफ्नो पुरानो घर खोज्दै थिए । गुगल अर्थमा उनले पानीका केही वस्तु डुबेको भेटे । निकै ध्यान दिएपछि त्यहाँ कार रहेको थाहापाए । उनले घरधनीलाई खबर गरी हेर्न भने । नभन्दै कार डुबेको पुष्टि भयो ।

डुबेको कारबारे प्रहरीलाई खबर गरियो । प्रहरील भग्नावशेष तानेर निकाल्यो । त्यहाँ मानव कंकाल भेट्यो । उक्त कंकाल हराएका विलियम मोल्डको भएको पुष्टि भयो ।

नोभेम्बर महिनाको सन् १९९७ मा मोल्ड हराउँदा ४० वर्षका थिए । उनी फ्लोरिडाको लान्टाना क्लबमा रक्सी पिएर फर्किएका थिए । उनले होस गुमाएर कार पानीमा खसालेको हुनसक्ने अनुमान गरिएको छ ।-एजेन्सी Photo Source: fox59.com



प्रतिक्रिया दिनुहोस्